घोराही । त्रिभुवननगर जेसिजको ३९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण घोराहीमा सम्पन्न भएको छ । त्रिभुवननगर जेसिज २०२३ का अध्यक्ष कुलबहादुर वलीले नर्या बर्ष २०२४ का अध्यक्ष रविकिरण केसीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।
केसीको अध्यक्षतामा गठित कमिटीको कार्यकारिणी उपाध्यक्षमा रोशन दाहाल र प्रेमलाल न्यौपाने, उपाध्यक्षमा हिमाल पौडेल, मिनेश श्रेष्ठ, राजन घर्तीमगर र कमलकुमार शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा महेश खनाल निर्वाचित हुनुभएको छ । महासचिवमा रमेश घिमिरेलाई चयन गरिएको छ भने कोषाध्यक्षको जिम्मेवारी समिर केसीलाई प्रदान गरिएको छ ।
यसैगरी अध्यक्ष केसीले विभिन्न पदमा जिम्मेवारी प्रदान गर्नुभएको छ । जसमा कानूनी सल्लाहकार प्रेम प्रकाश डिसीलाई बनाइएको छ । जनसम्पर्क अधिकारीमा महेश गुप्ता, तालिम निर्देशकमा विमल खड्का, शाखा सम्पादकमा रोमन अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी दीगो विकास लक्ष्य संयोजकमा महेश बस्नेत, राप्ती पर्यटन सूचना केन्द्र संयोजकमा अभिषेक बोहरा, खेलकुद संयोजकमा आयूष डाँगी, प्रकरण निर्देशकमा चूडामणि पाण्डे बाबुराम, अध्यक्षीय प्रमुख कार्यकारी सहायकमा भरत पौडेल, शिक्षा संयोजकमा विवेक देवकोटा, स्वास्थ्य संयोजकमा दीपक कालाथोकी, भगिनी शाखा संयोजकमा हिमालजंग वली, जग्गा भवन तथा कोष बृद्धि सभापतिमा खेमराज भण्डारी, सूचना प्रविधि संयोजकमा रण बहादुर खड्का र सदस्यता बृद्धि सभापतिमा भूपेन्द्र वलीलार्ई चयन गरिएको छ ।
अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले गर्नुभएको थियो । कार्यक्रममा दाङ महिला जेसिजकी अध्यक्ष नारायणी भण्डारी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, साहित्यकार लोकराज पराजुली, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियाशन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पहिलो सत्रको सञ्चालन सन् २०२३ का महासचिव किरण गौतम र दोेस्रो सत्रको संचालन नव निर्वाचित महासचिव रमेश घिमिरले गर्नुभएको थियो । सोही कार्यक्रममा जेजिसमा गएको बर्ष सक्रिय रहेर भूमिका निर्वाह गर्नेहरुलाई पुरस्कृत गरिएको थियो ।
जसमा सर्वाधिक सहभागिताका लागि हिमाल पौडेल, उत्कृष्ट पदाधिकारी किरण गौतम, बर्ष उत्कृष्ट जेसिजका रुपमा रोशन दाहाल, उत्कृष्ट कार्यक्रम संयोजक कमल कुमार शर्मालाई सम्मान गरिएको थियो ।
पद हस्तान्तरण कार्यक्रममा त्रिभुवननगर जेसिजका पूर्व अध्यक्ष तथा निर्वाचन अधिकृत विवेक आचार्यले निर्वाचनको परिणामका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रविकिरण केसीलाई सन् २०२३ का अध्यक्ष कुलबहादुर वलीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । नव निर्वाचित अध्यक्ष रविकिरण केसीले आफ्नो टिमका पदाधिकारी र विभिन्न पदिय जिम्मेवारी लिएका संयोजकहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । त्रिभुवननगर जेसिजको ३९ औं पदहस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण समारोहको कार्यक्रम संयोजकमा विमल खड्का रहनुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

