तुलसीपुर । प्यूठान नगरपालिकाका बिभिन्न स्थानबाट आईतबार एकसय ५० बढि ब्यक्ती बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् ।
त्यस अवसरमा उनले जनताले माओवादीलाई रुचाएकाले नेतृत्व जनतासंग जोडिनुपर्ने बताए । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको समीक्षा तथा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार महिने विशेष रुपान्तरण अभियानले जनता र माओवादी विचको दुरीलाई नजिक बनाएको बताए ।
त्यस अवसरमा अभियान इन्चार्ज निर्मल आचार्यले पार्टीको चार महिने अभियान प्रभाबकारी रहेकाले यो अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
नगर कमिटी अध्यक्ष विष्णु योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर कमिटीका सचीव सुमनराज श्रेष्ठले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

