तेज वीर बिसी
अर्घाखाँची । ने क.पा.माओवादी केन्द्रको शितगंगा नगरपालिका वडा नं. ९ उत्तरी खण्ड क अर्घाखाँचीमा वडा भेला कार्यक्रम सम्पन्न भएकाे छ ।
शितगंगा नगरपालिका- ९ का पार्टी अध्यक्ष चुमानसिंह परियारकाे रहेकाे अध्यक्षता एवं पार्टीका नगर कमिटी सचिवालय सदस्य बसन्त घर्ती मगरको प्रमुख अतिथि तथा पुर्व पि .एल. इन्द्रबहादुर घर्ती मगरकाे विशिष्ट आतिथ्यता कार्यक्रममा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बसन्त घर्तीले पार्टीभित्र सुदृढीकरण जनस्तरमा परेका प्रभाव ,पार्टी भित्रका नराम्रा क्रियाकलाप र पार्टी भित्र पार्टीलाई बद्नाम बनाउने धमिराहरुलाइ तह लगाउने र विकास निकासमा स्थानीयस्तरमा भएकाे भ्रष्टाचार र व्यथतीका विरुद्ध आवाज उठाउने जनस्तरमा परेका नराम्रा असरबारे सकारात्मक रुपमा सुझाव र आवाज सम्बन्धित निकायसम्म पुर्याउने र पार्टीलाई अझै फरक र समाज प्रति उत्तरदायित्व वहन गर्ने गरि पार्टी अगाडि बढ्ने जस्ता कुरामा जाेड दिनुभएकाे हाे ।उहाँ भन्नुहुन्छ अब नेकपा माओवादी जनस्तर र प्रभावकारी भन्दै गएकाे समेत बताउनुभएको हाे ।
हाम्राे नगर पालिका शितगंगा नगर पालिका एक लुम्बिनी प्रदेश राजधानीसंग सतिएकाे पालिका हाे । यहाँ विकासमा केहीपछि परेकाे र भनेकाे जस्ताे विकास हुन नसकेकाे जनस्तरमा स्थानीय सरकारप्रति गुनासो बढेकाे पाएकाे छ हामीले जनताका कुरा र जनस्तरका बारेका सबैले रिपोर्टिङ गर्ने र खबरदारी गर्ने समेत घर्तीले भने । कार्यक्रम काे संचालन ९ नं. वडा पार्टी सचिव वीर बहादुर पुनले गर्नुभएकाे हाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
