दाङ ।चितवनको भरतपुर कभडहलमा यही पुस ७ र ८ गते सम्पन्न तेस्रो माउन्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा दाङको अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन सहीत सफलता हासिल गरेको छ ।
डोजाङको तर्फबाट मुख्य प्रशिक्षक सुनिता विष्ट एवं दामु शर्माको नेतृत्वमा १० जना खेलाडीले भाग लियको उक्त प्रतियोगितामा ९ जनाले पदक जित्दै दाङ जिल्लाकै खेलकुदको नाम थप रोसन गर्न सफल भयका छन । जस अन्तरगत जस्मिन चौघरी,ममता रिजाल र रोजीत खड्काले स्वण पदक त्यसैगरी सुनिता बिष्ट,टाइसन बिष्ट र अस्मिता बुढाले रजत पदक र दामु शर्मा,विमल योगी र निशा पुनले कास्य पदक हासील गर्नु भयको छ ।
जसमा अल्फाका खेलाडी द्वय जस्मिन चौधरी र ममता रिजालले त्रिभुवन आर्मिको तर्फबाट खेल्नुभयको थीयो भने बाकी सबैले अल्फाबाट भागलिनुभयको थीयो । विजेता खेलाडीहरुसबैले आकर्सक मेडल तथा प्रमाण प्राप्त गर्नुभयो साथै टिम अल्फाले आयोजकको तर्फबाट करिब ३० हजार बराबरको खेलसामाग्री समेत प्राप्त गर्यो ।
प्रतियोगिता मा विभागीय टोली त्रिभुवन आर्मि क्लव,ससस्त्र प्रहरी बल का साथै देशभरका बिभिन्न प्रतिष्ठीत डोजाङका ६०० भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो। २०१७ देखी सुरु भयको यो प्रतियोगीता तेस्रो संस्करणमा आइपुग्दा तिनै पटक लगातार टीम प्रथम बन्दै त्रिभुवन आर्मि क्लबले ह्याट्रिक पुरा गरेको छ साथै यस संस्करणको बिजेता बन्दै नगद एकलाख पुरस्कार समेत जीत्न सफल भयको छ त्यस्तै लुम्बिनी प्रदेशकै बुटवल तेक्वान्दो टीम दोस्रो र ससस्त्र प्रहरी बलले तेस्रो स्थान हासील गरेको छ ।
प्रशिक्षक बिष्टले कोरियन यम्बास्डर अन्तर्राष्ट्रिय प्रतियोगिता पछी निरन्तरको खेल तालिका एवं प्रतियोगिताहरु भयकोलेगर्दा खेलाडीले प्रयाप्त तालिम लिन नपायको साथै व्यक्तिगत लगानिमै यस्ता प्रतियोगिता खेल्नुपर्नेहुदा आफ्ना केही उत्कृष्ट खेलाडीहरुले यस प्रतियोगितामा भागलिन नपायको बताउनुभयो तर सहभगि खेलाडीहरुको प्रदर्शन बाट आफु निकै खुसि भयको र यति प्रतिष्ठित प्रतियोगितामा यस स्तरको सफलताले गर्व लागेको वताउनु भयो साथै हाल राज्यले खेलक्षत्रमा निकै कम लगानि गर्ने गरेको र केन्द्र यवं स्थानिय तहबाटै खेलक्षेत्रमा थप केही लगानी एवं हौसाला पायमा खेलाडीहरु कहील्यै निराश हुने स्थीति नआउने पनि बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

