• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक अन्तर्क्रिया कार्यक्रम




रुकुमपूर्व । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि भूमे गाउँपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय काेर्जामा शुक्रबार विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरु प्रतिनिधि शिक्षक र जन समुदायको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय ब्यस्थापन समिति अध्यक्ष अनिल राेकाले रचनात्मक सुझाव र शैक्षिक क्षेत्रमा सुधार कार्ययोजना निर्माणलाई अगाडि बढाउन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरुकाे उत्तिकै जिम्मेवार भएको कुरा बताउनुभयाे। उहाले भन्नुभयो मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा शिक्षा समृद्धिको सपना साकार पार्न धेरै टाढा नरहेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिकाका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो शिक्षा विकासलाई अझ बढी जोड दिइने बताउनु भयो । क्षमता र नैतिकताले भरिपूर्ण शिक्षक तथा प्रधानाध्यापक र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय हुने कुरामा कुनै शंका छैन । कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो- शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यो निरन्तर प्रक्रिया हो । शैक्षिक क्षेत्रको सुधार प्रक्रिया पनि एक पटक गरेर नपुग्ने भएकाले योजना बनाएर निरन्तर कार्यान्वयन गर्ने भन्नुभयाे ।

विद्यालय ब्यस्थापन समिति अध्यक्ष अनिल राेकाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रम प्रमुख अथिती अध्यक्ष हाेम प्रकाश श्रेष्ठ, विषेश अथिती फमाेली बुढा ,पन्च बाहादुर राेका ,भूमे गाउँपालिका राेजगार सहायक चन्द्र रसाइली , शिक्षक विद्यार्थी अभिबावक जनप्रर्तीनिधि लगायत सबैकाे उपस्थिति रहेकाे कार्यक्रम शिक्षक सुनिल बुढाले गर्नु भएको थियाे।

Facebook Comments