• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डा. केसीले गरे प्रतिष्ठानको स्थलगत अवलोकन, सेवा सुधारसहित शैक्षिक कार्यक्रम अघि बढेकोमा खुसी ब्यक्त




दाङ । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आन्दोलनरत अभियन्ता डा. गोविन्द केसी घोराही आइपुगेका छन् । उनी बिहिवार बेलुका घोराही आइपुगेका हुन् ।

गेटा मेडिकल कलेजलाई अघि बढाउन केही दिन अघि आफ्नो अनसनका कार्यक्रम सकेर डा. केसी यहाँ आएका हुन् । उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् । प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग उनले विगतदेखि नै राख्दै आएका थिए ।

ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज सरकारीस्तरबाट स्थापना गरेर न्युन खर्चमा पनि डाक्टर पढ्न पाउनुपर्ने उनको माग रहँदै आएको छ । प्रतिष्ठानका विभिन्न वार्डहरु, यहाँको अवस्था, विएनएस तथा विएस्सी नर्सिङसहीत एमडि एमएसको पढाइको वारेमा पनि डा. केसीलाई प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी गराएका हुन् ।

अवलोकनपछि डा. केसीले प्रतिष्ठानको सेवा सुधार भएकोमा खुसी ब्यक्त गर्दै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सफल भएकोमा प्रतिष्ठानको नेतृत्वलाई वधाईसहीत धन्यवाद दिए । उनले छिट्टै एमविविएसको पढाई पनि प्रतिष्ठानले सुरु गर्ने विश्वास ब्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले एमविविएसको पढाईका लागि निरन्तर लागि परेको भन्दै सबैको सामुहिक पहलवाट नै केही शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको बताए । उनले एमविविएस पढाइका लागि पनि पुर्वाधारमा जोड दिइएको बताए ।

Facebook Comments