• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ




वीरगन्ज । सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् । कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

Facebook Comments