• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मिरर युवा क्लबले बनायो व्यस्त सडकमा जेब्रा क्रसिङ




दाङ । बिजौरीको मिरर युथ क्लबले बिजौरीको ट्राफिक प्रहरीको प्राविधिक सहयोबाट बिजौरीमा अति व्यस्त बाटो काट्न हुने स्थानमा जेब्रा क्रसिङ बनाएको छ ।

क्लवका अध्यक्ष माधव रावतले वढ्दै गएको सवारीका कारण मानिसलाई सहज होस र जसका कारण दुर्घटनामा पनि न्यूनिकरण हुने उद्देश्यले यो जेब्रा क्रसिङ बनाइएको जानकारी दिए । बाटो काट्न यात्रुहरुलाई पनि सिकाउने भन्दै अध्यक्ष रावतले भने–यो स्थानमा पनि विस्तारै व्यस्त हुने भएकोले चार ठाउँमा जेब्रा क्रसिङ बनाउन थालियको जानकारी दिए ।

बिजौरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्षले युवाहरुको यो सक्रियताले समाजमा राम्रो छाप हुने बताए । उनले भने युबाहरु सामाजिक क्षेत्रमा अग्रसर हुने हो भने समाज परिबर्तन सम्भव पनि हुने बताए ।

Facebook Comments