• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुनको मूल्य घट्यो ?




काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुनः घटेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला तीन सयका घटेर एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसोत महासङ्घका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपियाँ घटेको हो ।

मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपियाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।

 

Facebook Comments