• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्याब्सन घाेराहीकाे पाँचौ साधारणसभा, विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड




दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे पाँचाै साधारणसभा सम्पन्न भएकाे छ । शनिबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच घाेराही नगर प्याब्सनकाे पाँचाै साधारणसभा सभा सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीले गिरीले विद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकाे बताएका छन् । ` देशकाे शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयले पुर्‍याएकाे याेगदान प्रष्ट छ । स्वस्फूर्त रूपमा देशकाे शैक्षिक गुणस्तरकाे जिम्मेवारीलाई वहन गर्दै आएका संस्थागत विद्यालयले यसलाई निरन्तरता दिन अब प्रविधिमैत्री हुन जरूरी छ ।´ उनले थपे, ` बढ्दाे प्रविधिकरणसँगै आप्ना जनशक्ति र विद्यार्थीलाई अपडेट गराउन आवश्यक छ । ´ साथै उनले संस्थागत विद्यालका हकहितका लागि सङ्घर्ष अझै आवश्यक रहेकाे बताए ।

कार्यक्रमका प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारायण अधिकारी, निवर्तमान केन्द्रीय सदस्य केशव थापा, प्याब्सन लुम्बिनी प्रदेशका काेषाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जिएम, प्याब्सन दाङका काेषाध्यक्ष तथा प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार पाेषण न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा २०७८ काे एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल र २०७९ काे एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने गुरूकुल एकेडेमीलाई सम्मान गरिएकाे थियाे ।

प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा सचिव बालकृष्ण ओलीले साङ्गठनिक र काेषाध्यक्ष ऋषि सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्याब्सन घाेराहीका उपाध्यक्ष सूर्यबहादुर रावतकाे शुभकामना मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Facebook Comments