• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरका हरेक विद्यालयदेखि सरकारी कार्यालयमा अब गुनासो पेटिका




श्रवण कुमार यादव
राजपुर । राजपुर गाउँपालिकाका सरकारी कार्यालयमा सुझाव तथा गुनासो संकलन गर्नका लागी पालिकाले ‘राजपुर गाउँपालिका गुनासो पेटिका’ राखेको छ ।

राजपुर गाउँपालिकाले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ७ वटै वडा कार्यालय देखि लिएर पालिका भरिका सबै विद्यालय लगायत सरकारी निकायहरुमा गुनासो पेटिका राखिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताएका हुन्।

राजपुर पालिकाका बासीहरुको समस्याहरू के-के हुन्। प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई पालिकासँग सम्बन्धित गुनासो, समस्या, सुझाव सजिलो तरिकाले राख्नका लागि व्यवस्थापन गरिएकाे बताउँछन्। त्यस्तै विद्यालय तर्फ शिक्षक प्रतिनिधी, अभिभावक तथा बालबालिकाका गुनासा सुनुवाइ गरी सबै बालबालिकाको विद्यालयमा सहभागिता बढाउन र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले बताउँछन्।

सबै विद्यालयले विद्यार्थीलाई गुनासो राख्ने मौका दिने, विद्यार्थीका राम्रा विचारलाई सम्मान गर्न, निर्णयमा सहभागी गराउन, सहज स्थानमा गुनासो पेटिकाहरु राख्ने, गोप्य गुनासाहरु गुनासो पेटिकामा राख्न उत्प्रेरित गर्न आग्रह गरिएको अध्यक्ष बुढाथोकीकाे भनाइ छ। शिक्षा क्षेत्र पहिलाे प्राथमिकतामा राखेर काम गरीरहेको बताउँछन्।

अध्यक्ष बुढाथोकीका अनुसार गुनासो पेटिका निश्चित दिनमा महिनामा एक पटक खोल्ने र परेका गुनासाहरु गुनासो रजिष्टरमा उतार्ने, गुनासो समाधानको लागि व्यवस्था मिलाई गुनसो अनुसार काम गर्ने भनिएको छ।

Facebook Comments