• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुरक्षा निकायमा भर्ना हुन चाहने युवायुवतीलाई अभिमुखीकरण कार्यक्रम




तुल बहादुर कवँर मगर
दाङ । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न गरेको छ।

सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हाे।

कार्यक्रममा भर्ना हुन चाहाने ६० जना भन्दा बढी युवायुवतीहरुकाे सहभागीता रहेको थियो ।

सहभागीहरुलाई रणसिंह दल गण अर्जुन खोला लमहीका मेजर दिपक बुढाथोकी र इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले सुरक्षा निकायको तह ,छनाेट प्रक्रिया,आवश्यक शैक्षिक याेग्यता,शारीरिक अवस्था,उमेर समूह,उचाइ ,ताैल,खुल्ला प्रतियागितात्मक परिक्षाकाे लागि पाठ्यक्रम,उनीहरूले प्राप्त गर्ने सेवा सुविधा लगायतका बारेमा जानकारी गराउनु भएको थियोे ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सुरक्षा निकायमा भर्ना हुन मेहनत,सकारात्मक साेच र आत्मविश्वास हुनु पर्ने बताउनुभयो ।

उहाँले यस कार्यक्रमले युवायुवतीहरुलाई सुरक्षा निकायमा भर्ना हुन थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै युवा पुस्ताहरु सुरक्षा निकायमा भर्ना भई जनता र राष्ट्र प्रति समर्पित हुनु पर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमकाे लागि यस अघि नै पालिकाले पटकपटक सुचना प्रकाशन गरि इच्छुक युवायुवतीहरुकाे नामावली संकलन गरेको थियो ।

Facebook Comments