• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नामसालिङ विकास केन्द्रद्वारा भुल्के र जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम




तुल बहादुर कवँर मगर
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.५ काे भुल्के र वडा नं. ९ काे जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे पाेषण सचेतना कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका भुल्के र जाकिने समुदायमा प्रयाेगात्मक शैलीकाे पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ।

नामसालिङका फिल्ड काेर्डिनेटर धर्म यादवले सहजीकरण गरेकाे उक्त कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीका साथै समूदायका अन्य अगुवाहरूकाे सहभागीता रहेकाे थियाे। कार्यक्रममा वडा अध्यक्ष सुनारीले पाेषणकाे महत्वका विषयमा प्रकाश पार्नुभएकाे थियाे।

वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

Facebook Comments