• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षालाई ब्यबसायसँग जोड्नुपर्छः मन्त्री मास्की




देउखुरी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले शिक्षालाई ब्यबसायसंग जोड्नु पर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आयोजनामा शिक्षकहरुलाई सूचना प्रणालीमा आधारित शिक्षण विधि सम्बन्धि एक दिवशीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा भनेको देशको जनशक्तिसँग जोडिएको भन्दै परिणाममुखी शिक्षामा जोड दिनुपर्ने बताए ।

शिक्षालाई समय सापेक्ष र प्रबिधिमैत्री बनाए मात्रै शिक्षा क्षेत्रले फड्को मार्ने उनको भनाई छ । साथै उनले शिक्षालाई प्रयोगात्मकसंग जोड्नु पर्ने समेत बताए ।

त्यस अवसरमा पालिका अध्यक्ष प्रकाश विष्टले शिक्षालाई ब्यबहारिक बनाउन यो तालिमको आयोजना गरिएको बताए । अहिले पनि प्लसटु पछि विदेश जाने विद्यार्थीको संख्या बढेको भन्दै यसलाई कम गर्न शिक्षकहरु नै सचेत हुनुपर्ने बताए । दक्ष जनशक्ति स्वदेशमै राख्नकालागि आफूहरुले यो अभियान चलाइरहेको उनले बताए । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

Facebook Comments