तुलबहादुर कवँर मगर
दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नं.९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ परिक्षण उडान गरिएको छ।
रिडी राप्ती ग्रुप प्रा.लि.काे आयोजनामा परिक्षण उडान गरिएको हाे।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट,वडा नं.४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,महिला नेतृ दिल कुमारी राेका,प्रालिका अध्यक्ष मान बहादुर बुढा मगर लगायतले १० वटा प्याराग्लाइडिङबाट उडान गर्नु भएको थियो ।
त्यस्तै उक्त अवसरमा प्रालिद्वारा निर्माण हुन लागेको राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएकाे छ ।
रिसोर्टको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हाे।





सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
