घोराही । राप्ती इन्जिनियरिङ कलेज घोराही दाङलाई पोखरा विश्वविद्यालयबाट बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा समूह थपको सम्बन्धन प्राप्त भएको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०८० असोज २४ गते निर्णय अनुसार राप्ती इन्जिनियरिङ कलेजलाई बिई कम्प्युटर कार्यक्रमको एक समूह (४८ जना विद्यार्थी) र बिई सिभिल कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) थप भर्ना लिने गरी सम्बन्धन दिईएको कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले जानकारी गराउनु भएको छ ।
कलेजले २०६६ सालदेखि नै पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी बिसिए र बिई सिभिल कार्यक्रम संचालन गर्दै आएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
