• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लक्ष्मी लघुवित्तद्वारा बिमा बापतको रकम हस्तान्तरण




सज्जिता केसी

दाङ । लक्ष्मी लघुवित्त बित्तिय संस्था हापुरे शाखाले कर्जा बिमा बापतको रकम हस्तान्तरण गरेको छ । हापुरे शाखा बाट सन्चालित केन्द्र न.१३४ का सदस्य तुलसीपुर उपमहानगरपालिका २ निबासी गौरी डाँगीको निधन भएपछि उनको श्रीमान नाता पर्ने पुरभान डागीलाई कर्जा बिमा बापतको रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको हो ।

शाखा प्रबन्धक रोहित प्रसाद भट्टराईको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका २ का वडाध्यक्ष भिम बहादुर योगिले डाँगीलाई बिमा वापतको ६ लाख २५ हजारको चेक हस्तातरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष योगीले रकमलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै आश्रीत पिडित परिवारलाई राहात मिल्नुका साथै बालबच्चाको शिक्षा स्वास्थ्यमा सहज हुने अपेक्षा गर्नुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्षले कर्जा रकम सदुपयोग गर्दै बित्तिय अनुशासन पालना गर्न समुह सदस्य तथा स्थानियलाई आग्रह गर्नु भयो ।

यस्तै बिमाको रकममा बुझ्दै डाँगीले यस रकमले आफूलाई धेरै राहत मिल्ने बताउनुभयो । उहाले भन्नुभयो,‘ आज संस्था घर मै आएर मलाई बिमाको रकम दिएको छ । यस पैसालाई मैले सदुपयोग गर्ने छु । पछिल्लो समय लघुवित्तीय संस्थाहरूको नाममा धेरै गलत कुरालाई बाहिर ल्याइएको भन्दै त्यस्ता कुराहरू चिर्न आफुपनी लाग्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भट्टराईले सदस्यले कर्जा लिने बेलामा बिमा गरिने हुँदा त्यसै अनुसार बिमाको रकम हस्तान्तरण गरेको बताउनुभयो । लक्ष्मी लघुबित्त परिवार भित्र घटेको यस दुखद घटनाले संस्था निकै दुखित भएको भन्दै संस्थाले थोरै भएपनी सहयोग गर्नपाउँदा खुसी लागेको बताउनुभयो ।
बिमाबाट प्राप्त रकमले आर्थिक राहात गर्नुका साथै बित्तिय संस्था पनि कर्जा जोखीमबाट मुक्त हुनेभएकाले कर्जा लिदा बिमा अनिवार्य गरिएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कर्मचारी रमीता वलीले गर्नुभएको थियो ।

Facebook Comments