• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ—रुपन्देही सम्पर्क समाजको अध्यक्षमा महरा चयन




 

बुटवल। दाङ—रुपन्देही सम्पर्क समाजको भेलाबाट रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा लोकमणी भट्टराई, सचिव रामा सुवेदी डागी, सहसचिव बिनोद अर्याल, कोषाध्यक्ष प्रविण कुमार वली र सदस्यहरुमा जगनारायण चौधरी, बिनय कुमार राना, सकुन्तला भण्डारी, मोहन यादव, एकराज रिजाल र भुमिका थापा रहेका छन ।

दाङबाट बसाईसराई गरेका रुपन्देही बस्नेहरु बिच संगठित, भातृत्व विकास गर्ने र सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ समाज गठन गरिएको युवा ब्यवसायी तथा समाजसेवी यामु थापाले बताए । समाजलाई आवश्यक कानुनी प्रक्रियामा दर्ता गर्ने गरि नया टिम तयार भएको उनले बताए ।

कार्यक्रममा नेपाल टेलिकम मंगलापुर शाखाका कार्यालय प्रमुख शंकर बिकले छरिएर रहेका रुपन्देहीमा विभिन्न पेशा अप्नाउनेहरुलाई समाजमा आवद्ध गराएर संस्कार, संस्कृति जर्गेना गर्ने योजना अघि बढाएको बताए ।

कार्यक्रममा समाजसेवी झग बहादुर डागीले युवाहरुको अगुवाईमा निक्कै राम्रो अभियानको थालनी भएको बताए । रुपन्देहीमा हाल २ सय बढी घरधुरीहरु दाङबाट बसाईसरेका रहेको समाजबाट गरिएको अध्ययनमा देखिएको छ ।

Facebook Comments