रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
