श्रवण कुमार यादव
देउखुरी। नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुख्यगरी अवधी भाषा र संस्कृतिको प्रभाव पाइन्छ । सो क्षेत्रमा अवधी भाषीले आफ्ना संस्कृति र पम्पराको संरक्षणमा नयाँ पुस्ता जाग्नुपर्ने देखिन्छन्।
यादव समुदायमा आफ्नै संस्कृति थियो। विभिन्न पर्व र अवसर बेलाको पहिरन आफ्नै मौलिक किसिमको हुन्थ्यो। यादवहरू आफ्नै भेषभूषामै सजिएका हुन्थे। तर, यादव समुदायमा अहिले त्यो संस्कृति हराउन थालेको छ। कहाँ गए धोती, गम्छा र पैगडीरुअहिले यादव समुदायमा न आफ्नो मौलिक पहिरन देख्न पाइन्छ, न त उनीहरूको पहिचान झल्कने गीतहरू नै घन्किन्छन्। यादव समुदायमा पनि आधुनिक गीत र बाजाहरूको प्रयोग हुन थालेको छ।
‘हिजोआजका पुस्ता त पुरानो पहिरन लगाउनै मान्दैनन्।’ तर विभिन्न कार्यक्रम र अवसरमा भने मौलिक संस्कृति, भेषभुषा, पहिरन देख्न पाइन्छ। आफ्नो मौलिक संस्कृति हराउन थालेपछि यादव समुदायमा नयाँ पुस्तालाई यसबारे जानकारी दिनुपर्ने र यादव संस्कृतिको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै आएका छन्।
आफ्नो मौलिक भाषामै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रीद्वारा देउखुरी व्यापी यादव विद्यार्थी खेलकुद उद्घाटन :
‘स्वास्थ्य र समाजिक सद्भावका लागि खेलकुदू भन्ने मुल नाराका साथ हिन्दु नेपालीहरुको महान पर्व शुभ दिपावली र छठ पर्वको पावन अवसरमा गढवा गाउँपालिका वाड न. २ पचहियामा रहेको सगरमाथा युवा क्लवको आयोजनामा देउखुरी व्यापी यादव विद्यार्थीहुरुको फुटबल प्रतियोगिता गढवा २ पाचहियामा हिजोबाट सुरु भएको छ ।
सगरमाथा युवा क्लव गढवा २ पचहियाका अध्यक्ष निर्गुन दास यादवको सभापतित्व, लुम्बिनी प्रदेश सरकारका माननीय कृषि मन्त्री भण्डारि लाल यादवको प्रमुख आतिथ्य, राजपुर गा पा को उपाध्यक्ष धनपती यादव, गढवा गा पा का निवर्तमान अध्यक्ष सहजराम यादव, यादव समाज सेवा संघका अध्यक्ष हिरा लाल यादवको विशिस्ट आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
कर्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारी लाल यादवले रितिरिवाज संस्कृतिको जगेर्नासँगै एकताको भावना हुन अति जरुरी भएको बताउनुभयो। उहाँले अबको दिनमा राजनीतिक चेतना भएको राम्रो समाजिक व्यक्तिलाई आफ्नो समाजमा अगुवाको अवसर दिनलाई आग्रह समेत गर्नुभयो। अवधी समाजमा धेरै किसिमका कुरिती, विकृती छन् त्यसलाई हटाउने, दाइजो प्रथालाई मुक्त गर्ने, बालविवाह न्यूनीकरण गर्न, शिक्षामा जोड दिने र गरिब दुःखी असहायका लागि एक आर्थिक जम्मा गर्ने कोष बनाउने र त्यसबाट सबैलाई सहज हुने भन्नुभयो।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवि यादवले यादव संस्कृति संरक्षण गर्न र जोगाउन अति आवश्यक रहेको बताउनुभयो। उहाँले अगामी दिनमा राजपुर पालिकाबाट प्रक्रिया अनुसार सहयोग हुने बताउँदै सहभागी सम्पूर्ण खेलाडीहरुलाई खेल मैत्रीपूर्णका साथ सभ्य र भव्य तरिकाले सम्पन्न गर्न गराउन आग्रह गर्दै आउँदै गरेको शुभ दिपावलीको शुभकामना व्यक्त गर्नु भएको हो।
कार्यक्रममा कुलपानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष नवराज शर्मा, लखपति सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष आशा राम चौधरी, पचहिया खानेपानीका अध्यक्ष देव प्रकाश चौधरी, समानता वचत तथा ऋण सहकारीका दुर्गा बिक, जनता मावि गढवाका प्रधानाध्यापक राम सुरत यादव, सरस्वती मा वि गोर्वडियाका प्रधानाध्यापक सुर्य प्रकाश वर्मा, आधारभुत विद्यालय बनघुस्रीका प्रधानाध्यापक उदय राम यादव, मावि पचहियाका प्रधानाध्यापक योग नरायण चौधरी, डिवेल बोर्डिङ स्कुलका प्रधानाध्यापक भानु यादव, जनता मावि कालाकाटेका शिक्षक देव लाल यादव, गढवा गापाका प्रधानमन्त्री स्वरोजगार प्रमुख अशोक कुमार यादव, प्रहरी चौकी गोबर्डियाका इन्चार्ज कमल प्रसाद बन्जाडे, शिक्षक सुबास चन्द्र यादव,स्वामी प्रसाद यादव, चिन्ता राम यादव, दिला राम यादव, हेमन्त यादव लगायत अन्य समाजसेवि बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
सगरमाथा युवा क्लवका सचीव हरि कुमार यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सगरमाथा युवा क्लवका सचिवालय इन्चार्ज भानु प्रसाद यादवले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

