लमही। देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ ।
उबासंघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार सोमबार नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनुभयो ।
त्यस्तै संघले कार्तिक १७ गते राति ११: ४७ मिनेटमा जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ रेक्टरको बिनाशकारी भुकम्पबाट ज्यान गुमाउँने मृतकहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको अध्यक्ष ठकुरीले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

