• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नगरको विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण : उपप्रमुख योगी




दाङ । लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समग्र नगरपालिकाको विकासका लागि सहकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

लमही नगरपालिका – ७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै नगर उपप्रमुख योगीले भन्नू भयो किसानका पक्षमा यो सहकारीले अत्यन्तै राम्रो गरेको छ, यो सहकारीमा जोडिएका महिला दिदिबहिनीहरुको आर्थिक पाटो बलियो र सहकारीले अन्य विषयमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ । त्यस्तै आफ्नो सेवा क्षेत्रमा रहेका सबै किसानहरुको आर्थिक पाटो बलियो बनाउन अझै तल्लिन भएर लाग्नु पर्छू, उपप्रमुख योगीले भन्नू भयो ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा पुर्व शहरी विकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी चौधरीले गर्नु भएको थियो । यो सहकारीमा ९ सय ११ जना शेयर सदस्य रहेका छन ।

Facebook Comments