दाङ । राप्ती बबई क्याम्पस तुलसीपुरमा चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाएको ताला विभिन्न सहमतिमा खुलेको छ ।
कात्तिक १५ गते विभिन्न माग गर्दै चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाएको ताला आइतबार विभिन्न सहमतिमा खुलाइएको हो।
अनेरास्ववियु अध्यक्ष प्रदीप बस्नेत ,अखिल (क्रान्तिकारी) का अध्यक्ष भोज राज बिश्वक्रमा ,अनेरास्ववियुका अध्यक्ष केशव पुन, अखिल (क्रान्तिकारी) विप्लवका अध्यक्ष केबि सी र स्वतन्त्र भुपेस खत्रीले विभिन्न मागसहित कात्तिक १५ गते तालाबन्दी गरेका थिए।
यस्ता छन् क्याम्पस र संयुक्त विद्यार्थीहरुबीच भएका निर्णयहरु :
स्ववियुको बारेमा आवश्यक छलफल गर्नलाई सम्पुर्ण क्रियाशिल विद्यार्थी संगठनहरुसँग बसी एकमहिना भित्रमा आवश्यक प्रक्रिया अगाडि बढाउने ।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहजताको लागि क्याम्पसमा अति आवश्यक पुस्तकहरु उपलब्ध गराइ थप व्यवस्थित गर्ने र इ-लाइब्रेरीको व्यवस्था गर्ने साथै खेलकुद प्रशिक्षकको सन्दर्भमा आवश्यक छलफल गर्दा नियुक्त हुने प्रक्रियालाई ६ महिनासम्म मुल्यक गरि नियुक्त गर्ने निर्णय गरियो।
उक्त छलफलमा संचालन समितिका अध्यक्ष , सदस्यहरु , क्याम्पस प्रमुख लगायत चार विद्यार्थी संगठनको सहभागी रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

