• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भुकम्प पीडितका लागि घोराही उपमहानगरको १५ लाख सहयोग




घोराही । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यही कार्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुको उद्धार र पुर्नःस्थापनाका लागि १५ लाख रुपैयाँ पठाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

साथै नगर कार्यपालिका बैठकले भुकम्पमा परि दिबंगत हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस दुखद घडिमा शोकाकुल परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरिएको छ ।

Facebook Comments