• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) झिमरुकको अध्यक्षमा केसी निर्वाचित




केशर सुनार
प्यूठान।अखिल क्रान्तिकारी झिमरुक गाउँपालिका प्यूठानको अध्यक्षमा सन्दिप केसी सर्वसम्मत निर्वाचित भएका छन।आईतवार भएको झिमरुक गाउँपालिकाको तेस्रो पालिका सम्मेलनबाट सन्दिप केसी सहितको ४५ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो।

जसमध्ये उपाध्यक्षमा प्रविन खत्री,गीता शर्मा र सुवास जिसी रहेका छन् भने सचीवमा ओम बहादुर पुन,सह-सचीवमा अनिता एमसी,प्रकाश विक,विपना कवँर र कोषाध्यक्षमा अनिता केसी निर्वाचित भएका छन्।

अखिल क्रान्तिकारी झिमरुक गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रम अखिल क्रान्तिकारी झिमरुक गाउँपालिकाका संयोजक सम्भु सुनारको अध्यक्षतामा सन्चालन गरिएको हो। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसीको प्रमुख आतिथ्यता,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माको विशेष आतिथ्यता,नेकपा (माओवादी केन्द्र)  झिमरुक गाउँपालिकाका अध्यक्ष झक बहादुर जीसी,दशरथ जीसी (बालाजी),पार्टीका नेता तथा विद्यार्थी नेताहरु लगायत विद्यार्थी जिल्ला सदस्य एवं मा।वी इकाई कमिटिका पदाधिकारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

झिमरुकमा तेस्रो पालिका अधिवेशन भव्य रुपमा सम्पन्न भएको र विद्यार्थीहरुमा नयाँ खालको जोश जाँगर देखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।साथै अध्यक्ष विश्वकर्माले अखिल क्रान्तिकारीले निर्वाचित कार्यसमितिलाई बधाई दिदै थप जागरुक भै लाग्नुपर्ने बताउनुभयो।कार्यक्रमको सन्चालन भने अखिल क्रान्तिकारीका जिल्ला सचीव गिर बहादुर विकले गर्नुभएको थियो।

Facebook Comments