दाङ । भूकम्प पीडितलाई नेपाल कम्युनिस्ट पार्टीले आफ्नो केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार राति गएको भुकम्पबाट पीडित जनताहरुको उद्घार र राहतका लागि नेकपाको शनिबार बिहान ८ बजे केन्द्रीय कार्यालय बुद्धनगरमा आकस्मिक बसेको बैठकले उक्त निर्णय गरेको हो । नेकपाका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले राहत र उद्घारमा खट्न सम्पुर्ण पार्टी पंक्तिलाई निर्देशन जारी गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य संगम सीलाई जाजरकोट र सवीन सीलाई रुकुम पठाईसकेको छ ।
दुई टोली सहितका स्थानीय नेताकार्यकर्ता रातिदेखि नै उद्घारमा खटिएको छ । महासचिव विप्लव आईतबार राहत सामग्री सहित भुकम्प प्रभावित क्षेत्रमा जाने निर्णय भएको छ । नेकपाको केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र रु १ लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराउने निर्णय भएको छ ।
आज दिउँसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरले राहत संकलन गरि जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको नेकपाले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

