प्यूठान। अखिल क्रान्तिकारी गौमुखी गाउँपालिका प्यूठानको अध्यक्षमा सुबास पुरी सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार भएको गौमुखी गाउँपालिकाको प्रथम पालिका सम्मेलनबाट सुबास पुरी सहितको ४३ सदस्यीय पालिका कमिटी विजयी भएका छन्। जसमध्य उपाध्यक्षमा शर्मिला सुनार,विनोद पुन मगर र सुमन सुनार रहेका छन् भने सचीवमा सुजल वि.क, सह-सचीवमा करिष्मा चन्द बोहोरा,किरण सुनार,सिद्धार्थ मल्ल र कोषाध्यक्षमा विपना सेन निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारी गौमुखी गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रम अखिल क्रान्तिकारी गौमुखी गाउँपालिकाका संयोजक केशर सुनारको अध्यक्षतामा सन्चालन गरिएको हो।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता,नेकपा (माओवादी)केन्द्र गौमुखी गाउँपालिकाका ईन्चार्ज एवम् गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाको विशेष आतिथ्यता रहेको थियो भने पार्टीका जिल्ला सदस्य बोम बहादुर विश्वकर्मा,पार्टी पालिका सचिव रमेश राना,विद्यार्थी जिल्ला सदस्य एवं मा.वी इकाई कमिटिका पदाधिकारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
जिल्लाको पालिका अधिवेशन गौमुखी गाउँपालिकाबाट शुरु गरिएको र विद्यार्थीहरुको लागि ठिक संगठन अखिल क्रान्तिकारी रहेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।साथै अध्यक्ष विश्वकर्माले अखिल क्रान्तिकारीले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै थप जागरुक भै लाग्नुपर्ने बताउनुभयो।कार्यक्रमको सन्चालक भने अखिल क्रान्तिकारीका जिल्ला सदस्य रबिन्स केसीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
