• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गौमुखीमा २ सय ३० बढीले लिए स्वास्थ्य सेवा




केशर सुनार
ठूलाबेसी। प्यूठानको गौमुखी गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा २ सय बढिले स्वास्थ्य सेवा लिएका छन् ।

बिहिबार  गौमुखी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १ सय १२ जना मानसिक रोग तथा अन्य १ सय १८ गरि जम्मा २ सय ३० जनाले स्वास्थ्य शिविरबाट सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ।

गाउँपालिकामा धेरै जसो मानसिक रोग भएका व्यक्तिहरु भएको हुँदा त्यसैलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक हरिप्रसाद जैसीले जानकारी दिए ।

उनका अनुसार शिविरबाट जिल्ला बाहिर रेफर गर्नको लागि जटिल अवस्था भएका मनरोगका ७ जना व्यक्तिहरुलाई पहिचान गरिएको छ । यस अघि २ जना मनरोगका विरामीहरुलाई जिल्ला बाहिर रेफर गरी उपचार गराइएको पनि संयोजक जैसीले जानकारी दिए ।

शिविरमा मानसिक रोग अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त प्रसाद अधिकारी,प्युठान अस्पतालका MDGP Resident मानसिक रोग विशेषज्ञ डाक्टर पँकज पाठक, मेडिकल अधिकृत डाक्टर सुप्रीम बन्जाडे लगायतको उपस्थिति रहेको थियो।

गौमुखी गाउँपालिकाको आयोजना, मानसिक रोग अस्पताल लगनखेल काठमाडौं, प्यूठान अस्पतालको प्राबिधि सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर कार्यक्रम भएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले हामीलाई बताउनुभयो।

Facebook Comments