• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्च खाद्य दिवसको अवसरमा पत्रकार सेर्पाली सम्मानित




रुकुमपूर्व । रुकुमपूर्वमा “जीवन र खाद्यको आधार हो पानी” भन्ने मुल नाराको साथ ४३ औं विश्च खाद्य दिवस २०८० काे उपलक्ष्यमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्वी भाग) को आयोजनामा जिल्लाको कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट कृषक/कृषि तथा पशुसेवा प्राविधिक/कृषि सहकारी/पत्रकारलाई पुरस्कार वितरण तथा सम्मान गरिएको हाे ।

जसअन्तर्गत जिल्लाकाे कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासकाे क्षेत्रमा कलम चलाएर उल्लेखनीय याेगदान पुर्याएकाे भन्दै रेडियो पूर्वी रुकुमका समाचार प्रमुख तथा हिमाली अनलाइनका सञ्चालक निराजन विक (सिर्पाली) लाई कदर स्वरुप नगद ३ हजारसहित सम्मान पत्रले सम्मान  गरिएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्वी भाग) का कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षता तथा रुकुम पूर्वका जिल्ला समन्वय समिति उप प्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको थियो ।

Facebook Comments