रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा चिसो बढेसँगै जिल्ला अस्पतालमा भर्ना भै उपचार गरि रहेका गर्भवति, सुत्केरी र नवजात शिशु तथा अन्य विरामीहरु प्रत्यक्ष समस्यामा परि रहेका छन्। हिउँद याममा निकै चिसो हुने रुकुमपूर्वमा वर्षेनी हिउँ पर्दछ भने हाल चिसो मौषम शुरु भैसकेको छ ।
चिसो बढेसँगै जिल्ला अस्पतालको समस्यालाई मध्यनजर गरि रुकुमपूर्वको स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था फेयरमेड फाउण्डेशन र सर्वाङ्गिण विकास केन्द्र (एचडिसि नेपाल) को ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्तर्गत १५ थान ब्लाङकेट वुधवार एक कार्यक्रमका बीच रुकुमपूर्व जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष उपस्थिति र आथित्यता रहेको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, प्रमुख अनुसंधान अधिकृत चिरञ्जिवि वुढा, रुकुम पूर्व अस्पतालका मेसु जितेन्द्र कोईराला, स्वास्थ्य कार्यालयका ल्याब निरिक्षक निम प्रसाद गिर, कोल चेन निरिक्षक मनोज श्रेष्ठ, फेयरमेड फाउण्डेशनका दान वहादुर कार्की, एचडिसि नेपालका निर्देशक लिलामणि गौतम लगायतको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जिल्ला अस्पताल जिल्लाकै एक मात्र सरकारी अस्पताल र रिफरल सेन्टर भएकोले यसलाई थप व्यवस्थित र प्रभावकारी रुपमा गुणस्तरिय सेवा प्रवाह गर्न सक्षम वनाउने कार्यमा सवैको हातेमालो हुनुपर्ने बताउनुभयो ।
साविकको रुकुमकोट स्वास्थ्य चौकिमा जिल्ला विभाजन पछि रुकुम पूर्व जिल्ला अस्पताल संञ्चालनमा छ । सिमित भौतिक संरचना र आवश्यक सामाग्री तथा उपकरण अभावमा पनि आफ्नो टिम गुणस्तरिय सेवा प्रवाहमा लागेको र सरोकारवाला निकायहरुवाट सानो सहयोग प्राप्त हुदा पनि तत्कालिन आवश्यकताहरु परिपुर्ति हुने भएकोले अस्पतालका मेसु डा. जितेन्द्रराज कोईरालाले आगामि दिनमा पनि सहयोग र सहकार्यको लागी सहयोगी निकायलाई धन्यवाद सहित आग्रह गर्नु भएको थियो ।
रुकुम पूर्व जिल्लामा ग्रामिण स्वास्थ्य सुधार परियोजना संञ्चालनमा आए पछि जिल्लाको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि संगै स्वास्थ्यका अन्य विभिन्न क्षेत्रहरुमा ठुलो सहयोग भएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठले वताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

