• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सरकारी कार्यालय १ घण्टा अगाबै बन्द हुने




दाङ ।  भोलिदेखि सरकारी कार्यालयकाे समय हेरफेर हुने भएको छ । यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्दै आएका सरकारी कार्यालय भोलि अर्थात कार्तिक १६ गतदेखि १० बजे खुलेर ४ बजे बन्द हुने छन् ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने भएका छन् ।

जाडो यामको तीन महिना कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । जाडो माैसमभर कार्यालयमा काम गर्ने समय एक घण्टाले घटेको हो । बाँकी नौ महिना ७ घण्टा  सरकारी कार्यालयको समय निर्धारण गर्दै आएको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ।

 

Facebook Comments