• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा पिकअपको ठक्करबाट दुईजना गम्भीर घाइते




श्रवण कुमार यादव
राजपुर । दाङकाे राजपुरमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।
किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान मन्दिर नजिकै रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिँदा बाइकमा सवार दुईजना गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादव र सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव रहेको वडा प्रहरी कार्यालय बेलाका प्रहरी नायब निरीक्षक रकम बहादुर खड्काले जानकारी दिनुभएको छ ।

घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

Facebook Comments