नेपाल भ्रमणको क्रममा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गरेका छन् । उनले संसारभर भइरहेका युद्ध अन्त्यका लागि पनि आह्वान गरेका छन् ।
इजराइल, प्यालेस्टाइन, युक्रेन, रसिया, सुडानलगायतका मुलुकले गरिरहेको युद्धलाई सम्बोधन गर्दै उनले उद्देश्यबिहीन युद्धले विश्व नै पीडित र आक्रान्त भइरहेको बताए । मंगलबार पोखराबाट लुम्बिनी आएका महासचिव गुटेरेसले लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र सयुंक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको बताए । ‘यो शान्तिको मुहान र पवित्रस्थलबाट हामी आग्रह गर्छौं कि, संसारभर भइरहेका सबै युद्ध अन्त्य हुनुपर्छ,’ उनले भने, ‘युद्ध होइन, हामी शान्तिको मार्गमा लागौं ।’ भगवान गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीमा उभिएर विश्वलाई शान्तिको आग्रह गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । उनले लुम्बिनी घुम्न पनि सबैलाई आग्रह गरे ।

????????????? ???????? ????? ??????? ? ????? ??????? ???? ???? ??????? ????????????? ??????? ????????? ??????? ???????? ???? ????? ???????? ?????????? ?????? ??????????? ? ?????? ????????? ???? ????
संयुक्त राष्ट्रसंघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेकाले विश्वव्यापी मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वले मान्यता प्राप्त गरेको बताए ।
गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन् । यसअघि राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हृयामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपाल भ्रमणमा पहिलोपटक आएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसैगरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

