गुल्मी । गुल्मीमा जङ्गली च्याउ खादा तीन जना बिरामी भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गली च्याउ खाएर बिरामी भएका उहाँहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
