• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु




गोरखा । गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए । ( अनलाइन खवर)

Facebook Comments