• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान प्यूठानको कार्यालय विजुवारमा उद्घाटन




केशर सुनार
प्यूठान।राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान प्यूठानको कार्यालय विजुवारमा उद्घाटन भएको छ।”धर्म कला,संस्कृतीको संरक्षण गरौ” भन्ने मूल नारासहित प्रतिष्ठानका प्यूठान जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी द्वारा उक्त कार्यालयको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले लोक भजन राष्ट्रिय सम्पत्ति भएकाले यसको संरक्षणमा हरेक स्थानीय तहहरु लाग्नुपर्ने बताउनुभयो।घरभाडामा दिने कृष्ण कार्कीलाई धन्यवाद प्रकट गर्दै उहाँले भन्नुभयो,”हामीसंग पर्याप्त पुजी हुदैन भक्ती सहयोगबाटै प्रतिष्ठानको काम गर्दै आएका छौं।”
२०६४ सालदेखी केन्द्रको मातहतमा काम गर्दै आएको संस्थाले अब आफ्नै कार्यालयबाट काम सुचारु गर्ने भएको छ।प्रतिष्ठानले जिल्लामा ओझेलमा परेका पर्यटकीय स्थल मन्दिरहरुमा मेला र हरेक भजनप्रेमी हरुलाई संगठित गर्दै आईरहेको छ।साथै प्यूठानको सारी भूबनोटमा रामनवमीमा मेला लगाउने,देवीस्थानको त्रिवेणीमा माघी मेला,संस्कृती सहित अनुशासनको पाटो सिकाउदै पश्चिमी संस्कृतीलाई रोक्न प्रयास गरिरहेको प्रतिष्ठानका सचिव मधुसुदन खड्काले बताउनुभयो।कार्यलय स्थापनाको लागि कृष्ण कार्कीद्वारा १ वर्षका लागी नि:शूल्क घरभाडा दिइएको छ।

साथै ख्यातिप्राप्त केन्द्रीय टोलीहरुलाई लिएर प्रदर्शन गर्ने र स्वर्गद्वारीमा केन्द्रीय बैठक बसाल्ने आगामी कार्ययोजना भएको सचिव खड्काले जनाउनुभयो।जिल्ला कार्यसमितिको कार्यालय स्थापना संगै अब हरेक पालिकामा उपशाखा बनाउने योजना रहेको समेत बताउनुभयो।कार्यक्रममा लोक भजन गाउँदै रमाईलो नाचगान गर्दै सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रतिष्ठानको २५ जना कार्यसमिति,भजनप्रेमी,सहयोगीहरु लगायत संचारकर्मी हरुको उपस्थिति रहेको थियो।

Facebook Comments