घोराही। घोराहीमा नया इलेक्ट्रीक स्कुटर शोरुम सञ्चालनमा आएको छ । विद्युतीय चार्ज वाट चलाउन सकिने इलेक्ट्रीक स्कुटर घोराही १५ मा सञ्चालनमा ल्याइएको हो ।
युवा व्यवसायीहरु शरद खनाल र मार्कण्डेय रेग्मीले घोराही १५ रतनपुरमा शोरुम सञ्चालनमा ल्याएका हुन । रेडीयन इटालिया कम्पनीको यो स्कुटर कम खर्चमा चलाउन सकिने भएकाले फाइदा रहेको सञ्चालक खनालले जानकारी दिए ।
यसको मुल्य १ लाख ९९ हजार रुपैया रहेको छ । यो स्कुटरमा नया डिजाइनका साथ ल्याइएको हो । शोरुमको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन नेपाली काग्रेसका लुम्विनी प्रदेशका सह महामन्त्री खगराज पाण्डेले गरेका हुन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
