• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली चारको पहलमा जनश्रमदानबाट दुई किलोमिटर बाटो मर्मत




कमिरेचौर २८ असोज । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर चारमा जनश्रमदान संस्कृतिको पुन: थालनी गरिएको छ ।

हिजोका दिनहरुमा टोल-टोलका स्थानियहरुको सहभागितामा श्रमदान गरेर बाटो,खानेपानीको कुवाँ,धारा निर्माण गर्ने जस्ता उदाहरणिय काम हुने गरेको भएपनि अहिलेको दिनहरुमा श्रमदानको संस्कार हराउँदै जाँदा यि कामहरु सम्पन्न गर्न स्थानिय सरकारको बजेटको मुखताक्नु पर्ने वाध्यता छ । तर बंगलाचुली गाउँपालिका वडा नम्वर चारका स्थानियले सोही श्रमदान संस्कृतिको फेरी विकास गर्न थालेका छन् । अहिले हरेक घरका नागरिक श्रमदानमा उत्साहाका साथ सहभागिता जनाएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगी तथा वडा सदस्यहरुको अगुवाईमा आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान अनुसार अहिले श्रमदान कार्यको थालनी भएको हो । श्रमदानको सुरुवात गरेपछि हरेक घर-घरका नागरिक कुटो कोदालो बोकेर आफ्नो गाउँमा श्रमदानमा जुटेका छन् ।यसै अभियान अन्तर्गत आज दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर चारको रातोपोखरा देखि-भर्ते घाट सम्मको बाटोलाई जनश्रमदान बाट मर्मत गरिएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्वर चार स्थित धामिचौर, तल्लोकाभ्रे, पन्थटोल, ठाँटिगैर, हुँक्ला, लोतपोखरी, मैकुटी, रुमाले, बागी टोलका झण्डै एक सय जना स्थानियको सहभागितामा सो बाटोको मर्मत गरिएको हो ।
स्थानियको जनश्रमदानबाट झण्डै ढाई किलोमिटर बाटो निर्माण गरिएको वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगिले जानकारी दिनुभयो । सो अवसरमा वडा अध्यक्ष डाँस बहादुर डाँगी, कार्यपालिका सदस्य नारायणी गिरी,वडा सदस्यहरु दिपक परियार,बोधे दमाई,मिना परियार लगाएत स्थानिय अगुवा तथा नागरिकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments