दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

