रुकुमपूर्व । विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी रुकुम पूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
आज एक कार्यक्रमकाे आयोजना गर्दै अखिल क्रान्तिकारी रुकुम पुर्वले जिल्ला सदरमुकाम रुकुमकोटमा शुभकामना आदानप्रदान गरिएको हो । शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका नेताहरुले दशै तिहार जस्ता पर्वहरुमा शान्त अनुशासन र मर्यादित ढङ्गले चाडपर्व मनाउन सबैमा आहावन गरेका छन् ।

त्यस्तै नेताहरूले चाडपर्व मनाउदा कसैलाई असर नपर्ने गरि आफ्नो अनुकुलता र अन्य धर्मावलम्बीहरुको आस्थामा ठेस पुर्याउने हर्कत पनि नगर्न आग्रह गर्दै जिल्लाकाे शान्ति सुरक्षामा खलल नहुने गरि दशै तिहार मनाउन अपिल गरेका छन् ।
अखिल क्रान्तिकारी रुकुम पुर्व जिल्ला संयाेजक चन्द्र रसाइलीकाे अध्यक्षतामा सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेग बहादुर श्रेष्ठकाे प्रमुख उपस्थिती रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामसर बुढा, पाटीका लुम्बिनी प्रदेश सचिवालय सदस्य हाेम प्रकाश श्रेष्ठ, जिल्ला संयाेजक कुमारी बराल, पाटीका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीका फ्याक्स इन्चार्ज जीवन केसी, अनेरास्ववियु क्रान्तिकारी रुकुम पूर्व जिल्ला इन्चार्ज रेबन खड्का, लगायत पाटीका विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिधिकाे उपस्थिति रहेको कार्यक्रमकाे संचालन संगठनका जिल्ला कार्यलय सचिव तथा सिस्ने गाउँपालिका इन्चार्ज अम्मर खत्रीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
