दाङ । लछिनप्रसाद बुढामगर स्मृति प्रतिष्ठानद्वारा घोराही १६ सर्रामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरेर सरसफाइ गरिएको हो ।
डेंगु नियन्त्रणको लागि लामखुट्टे खोज र नष्ट गर भन्ने नाराका साथ गरिएको सरसफाई कार्यक्रममा घोराही १४ का वडा अध्यक्ष भानसिं बुढा, वडा नंम्वर १६ का अध्यक्ष तारावहादुर डाँगी, वडा नंम्वर १७ का अध्यक्ष रामलौटन चौधरी, वडा नंम्वर १३ का निवर्तमान अध्यक्ष रवि घर्ति, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, एमाले घोराहीका नगर अध्यक्ष भुवन चौधरी, दाङ देउखुरी होटल व्यवसायी समितीका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढा, घोराही उपमहनगरको सरसफाई शाखा प्रमुख लक्षमण अधिकारी, स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्ति, प्रतिष्ठानका पदधिकारी तथा सर्रा टोलका नागरिकहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

घोराही १६ का तत्कालिन वडा अध्यक्ष स्वर्गिय लक्षिनप्रसाद बुढा मगरको २०७५ मंसिर १३ गते निधन भएको थियो । २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको चुनावबाट वडा अध्यक्ष पदमा निर्वाचित बुढा मगरले छोटो समयमै वडामा नमुना काम गर्न सफल भएर राम्रो छाप छोड्न सफल रहेको नगर प्रमुख चौधरीले बताउनुभयो ।
स्वर्गिय बुढाले आफ्नो छोटो कार्यकालमै वडा नंम्वर १६ लाई खरको छानो मुक्त वडा घोषणालगायतका काम गरेर जनताको मन जित्न सफल नेताका रुपमा रहेको अन्य सहभागीहरुले बताएका थिए ।
साथै कार्यक्रममा कार्यक्रममा एक आफसमा विजया दशमीको शुभकामना आदानप्रदान गरिएको थियो । लछिनप्रसाद बुढामगर स्मृति प्रतिष्ठानका सदस्य पद्मा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव अर्जुन पन्थीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
