• २६ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइयो




काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका नेपाली विद्यार्थी बिहीबार आउने भएका छन्।

इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइएको छ । आज बिहान साढे २ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्र मन्त्रालयको एक टोली  गएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको बताएको छ ।

उक्त जहाजमा नेपाल आउन चाहेका विद्यार्थीलाई मात्रै ल्याइनेछ । शव भने नल्याइने बताइएको छ । प्रोटकल पूरा गर्न केही समय लाग्ने भएकाले शव ल्याउन केही समय लाग्नेछ ।

शनिबार विद्रोही समूह हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

 

 

Facebook Comments