घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) पूर्वी दाङले संयुक्त रुपमा इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झना दीप प्रज्वलन गरेको छ । 

इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा परी नेपाली १० जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाएको सम्झनामा संगठनले संयुक्त रुपमा मंगलबार घोराहीको तुलसीपुर चोकमा दीप प्रज्वलन गरेको कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले इजरायल र प्यालेस्टाइनबीचको युद्धमा परी नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु निकै दुःखद् भएको भन्दै दिवंगत विद्यार्थीहरुको सम्झना संगठनले देशभर विभिन्न ठाउँमा दीप प्रज्वलन गरिरहेको बताए । उनले युद्धको चपेटामा परी १० नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनुमा साम्राज्यवाद र पूँजीवादको मुख्य हात रहेको समेत उद्घोष गरे ।



युवा नेता पाटनले साम्राज्यवादले विश्वामा थोपारेको युद्धका कारण नेपालका विभिन्न विश्वविद्यालयबाट पढ्न र ज्ञान आर्जन गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु हाम्रो र नेपालीका लागि दुःखद् घटना भएको धारणा राखे । उनले विश्व तथा नेपालमा शान्ति स्थापना गर्न र नेपाललाई समृद्धि बनाउन विश्वमा नयाँ व्यवस्था, नयाँ आदर्श, नयाँ संस्कार-संस्कृति चाहिएको भन्दै त्यसका लागि विश्व मानवले सोच्नुपर्ने र विश्वका सचेत मान्छेहरुले सोचिरहेको बताए । नेपालबाट रोजगारको शिलशीलामा विश्वका विभिन्न क्षेत्रमा रहेका नेपालीहरु पीडित तथा आक्रमणमा पर्ने सम्भावना र ज्यान गुमाउने लगायतका विभिन्न खतरा रहेको र त्योबाट मुक्त हुन नेपाल सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष पाटनले सरकारले सकेसम्म विश्वमा अहिले लडाइ चलिरहेका देशहरूबाट नेपालीहरूलाई छिटोभन्दा छिटो नेपाल ल्याउन विश्व समुदायसँग कुटनीतिक पहल गर्न अपील गर्दै सरकारलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, पार्टी नेता, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
