तुलसीपुर । इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका कृषि विद्यार्थीहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
संयुक्त विद्यार्थीको आयोजनामा सोमबार तुलसीपुरको बिरेन्द्र चोकमा इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा परी ज्यान गुमाएका सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका कृषि विद्यार्थीहरुको सम्झनामा दिप प्रजनन कार्यक्रम सम्पन्न गरिएको हो।

दीप प्रज्वनल कार्यक्रममा बोल्दैन विद्यार्थी रन्जना कामीले आफ्नो केहि सपना बोकेर बिदेशीएका विद्यार्थीहरुलाई आज चोकमा श्रद्धाञ्जली दिन परेको भन्दै दु:ख व्यक्त गर्नुभएको हो।
भारतको एउटा सामान्य टिकट्कर अलपत्र पर्दा भारत सरकारले केही समयमै उदार गर्दा समेत नेपाल सरकार हेरेर बसिरहेको बताउदै अलपत्र विद्यार्थीहरुलाई यथासिघ्र उद्धार गर्न सरकारवालालाई आव्हान समेत गर्नु भएको हो।
त्यस्तै विद्यार्थी नेता केवी वलीले केही शिक्षा सकेर थप उच्च शिक्षा हासिल गर्न देशको भविष्य भोकेर बिदेशीएका विद्यार्थीहरुलाई मनले नमानी नमानी श्रद्धाञ्जली दिन बाध्य भएको बताउनुभएको हो ।
नेपालका विश्वविद्यालयहरू बाहिरी देशलाई आवश्यक पर्ने जन्शक्ती उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भएकै कारण अधिकांश विद्यार्थीहरु आफ्नो सुन्दर भविष्यको खोजिमा परदेशिनु पर्ने बाध्य भएको बताएका हुन् ।
अहिलेको राज्य व्यवस्थाले र यिनका मालिकहरुले गर्दा देशको जनशक्ति भाहिरी देशको माटो खेलाउन बाध्य भैरहेको , बिदेशमै आफ्नो पसिना बगाई अन्तिममा काठको बाकसमा मोडिएर नेपाल आउन बाध्य बनाएको बताए । यो राज्यले आगामी दिनमा त्यस्ता घटना नदोहोर्याउन र इजरायलमा अलपत्र परिरहेका विद्यार्थीलाई छिटोभन्दा छिटो उदार गरेर नेपाल नल्याए आफुहरु जस्तो सुकै मुल्य चुकाउन तयार भएको पनि उनिले बताएका हुन् ।
श्रद्धाञ्जली तथा दिप प्रज्वनल कार्यक्रममा बोल्ने सम्पुर्ण विद्यार्थीहरुले अलपत्र विद्यार्थीहरुलाई सरकारले यथासिघ्र उद्धार गरेर नेपाल ल्याउन आह्वान गरेका छन् ।
उक्त दीप प्रज्वनल कार्यक्रममा जनक खनाल , अभिषेक दाहाल , सन्दीप गौतम , नवीन भण्डारीले आफ्नो मन्तव्य राख्नु भएको थियो भन्ने प्रजित बस्नेतले कार्यक्रम सहजीकरण गर्नु भएको थियो। इजरायल र हमासबीच शनिबारदेखि युद्धमा जारी भैरहेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

