• ३० आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने गाउँपालिकाद्वारा विद्यालय अनुगमन तथा भेटघाट




रुकुमपूर्व । सिस्ने गाउँपालिकाद्वारा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकाे सिस्ने गाउँपालिका वडा नम्बर १ स्थित नवज्योति मावि बल्लेचौरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गाेपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मंगल शिंह बुढा, १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढा लगायतको उपस्थितिमा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको हाे ।

उक्त विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रममा विद्यालयकाे समग्र भौतिक तथा प्राविधिक समस्याको बारेमा छलफल गरिएको छ ।

नवज्योति मावि बल्लेचौरका प्रधानाध्यापक घनशिङ केसीले विद्यालयमा फिल्डकाे अभाव थप विद्यालय भवनको अभाव शिक्षक दरबन्दीकाे अभाव तथा विद्यालयकाे समग्र समस्याहरु राख्नुभएको थियो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उक्त विद्यालयकाे समस्याहरुलाई प्राथमिकताकाे आधारमा गाउँपालिका बाट हुन सक्ने बजेट गाउँपालिका र प्रदेश तथा संघबाट हुन सक्ने बजेट संघ तथा प्रदेश बाट गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ ।

त्यस्तै उक्त टिमले सिस्ने स्वास्थ चौकी सिस्ने १ मा पनि अनुगमन तथा भेटघाट गरेको छ । त्यहा पनि विभिन्न समस्याहरु बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीहरुकाे अभाव जस्ता समस्याहरु रहेको बताइएको छ ।

Facebook Comments