घोराही । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड शाखा कार्यालय घोराहीले नवनिर्वाचित दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीलाई बधाई तथा सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि खादा, टिका र सम्मान–पत्र सहित स्वागत तथा सम्मान गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका पश्चिम क्लस्टर प्रमुख मेघराज पोख्रेलको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बसन्त जोशीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बैंर्कस र दाङ जिल्ला उद्योग वाणिज्य संघ विचको समन्वय र एकतालाई थप बलियो बनाउदै लैजाने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै पश्चिम क्लस्टर प्रमुख पोख्रेलले उद्योगी, व्यापारीहरुको प्रत्यक्ष रुपमा बैंकसंग जोडिने भएकोले कसैलाई पनि मारमा नपार्ने गरि सेवा प्रदान गरिएको समेत बताए । साथै उनिले यहाँको उद्यगो व्यवसायीहरुसंग हातोमालो गर्दै बड्ने समते बताए।
कार्यक्रममा संघका अध्यक्ष बसन्त जोशी,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका पश्चिम क्लस्टर प्रमुख मेघराज पोख्रेलको लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण साइन रेसुङ्गा बैंकको घोराही शाखाका म्यानेजर गणेश बुढाथोकीले गरेका थिय ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
