घोराही । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि थालेको ट्राफिक सप्ताह अन्तरगत विभिन्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ ।
ट्राफिक सप्ताह अभियानको पाँचौ दिन चालक र सहचालकको आँखा र स्वास्थ्य जाँच गरिएको छ ।

आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठिखोला र राप्ती गाउँपालिकाको सिसहनियामा गरिएको चेकजाँचमा २६५ जनाले स्वास्थ्य जाँच गरेको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिनुभयो ।
ट्राफिक नियमको पालनालाई अनिवार्य गर्दै सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न सप्ताहको पाँचौं दिन यातायात कार्यालयका इन्जिनियरद्वारा गाडीको अवस्था र मेकानिकल पनि चेक गरिएको थियो ।
गाडी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठिखोला साना ठुला गाडीगरि ६२ वटा चेक गरेको थियो जस्मा ६ वटा गाडीलाई कार्वाही परेका थिय भने भालुबाङमा २५ वटा चेक गरेकोमा २ वटा सवारीसाधन कार्वाहीमा परेका थिए भने गाडीमा अनावश्यक झलर, स्टिकरहरु पनि निकालिएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
