• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शंकर माविको विव्यस अध्यक्षमा यादव 




श्रवण कुमार यादव
देउखुरी । दाङ देउखुरीको राजपुर गाउँपालिका-३, खरदरियास्थित शंकर माविमा नयाँ नेतृत्व चयन भएको छ।

शनिबार विद्यालयमा भएको दोस्रो अभिभावक भेलाले दिनानाथ यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन गरिएको शंकर माध्यमिक विद्यालय स्रोतले जनाएको छ ।

शिक्षा नियमावली अनुसार आज शनिबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा लिला राम यादव, महिला सदस्य सिता सँवारी यादव र दलितबाट सुष्मा हरिजन, शिक्षा प्रेमी समाजसेवीकाे तर्फबाट भगवानदिन यादव र तारा वि.क. सर्वसम्मत छनौट भएका हुन्। विद्यालय व्यवस्थापन समितिमा शिक्षकहरुको बैठकबाट शिक्षक प्रतिनिधि चुनिन बाँकी र वडाप्रतिनिधि राम प्रसाद यादव रहेका छन् भने विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादव सदस्य सचिव रहनुभएकोे छ।

अध्यक्षको जिम्मेवारी बोकेका नवनिर्वाचित अध्यक्ष यादवले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न कटिबद्ध भएर लागिपर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो।विद्यालयको अग्रगामी विकासका लागि सबैसँग रायसल्लाह लिई हातेमालो गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालय संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद दिएका दिनुभयो। आफूले पाएको जिम्मवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएकाे छ।

वि.सं. २०४४ सालमा स्थापना भएको विद्यालय हाल शिशुदेखि कक्षा १० सम्म संचालनमा छ । विद्यालयमा हाल पाँच सय ६० विद्यार्थी अध्ययनरत छन् ।

Facebook Comments