सल्यान । सल्यानमा बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
शनिवार दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा परि घटना स्थलमै मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका -६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउपालिका -६ बस्ने अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा परि करिब १४ जाना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको साथै घटना स्थलमा प्रहरी पुगेर उद्धार गररिहेको छ ।
बसमा करिब १६ जना जति यात्रुहरु रहेको अनुमान गरिएकोछ । घाइतेलाईलाइ उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ पठाइएको सल्यान प्रहरीले बताएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
