• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानको बनगाडमा ७ सयको आँखा चेकजाँच, ८७ जनाको अप्रेसन




सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा ३ दिने आँखा अप्रेसन सम्पन्न भएको छ । आँखा शिविरमा गाउँगाउँमा गएर संचालन गरेको ८ वटा शिविरमा ७ सय बढिले आखा चेकजाँच गरेका थिए भने ३ दिनसम्म संचालन भएको मोतिया विन्दु अप्रेसनमा ८७ जनाको अप्रेसन भएको छ ।

आँखा अप्रेसन गरिएका विरामीहरुलाई फलफूल तथा जुस नगर प्रमुख कर्ण बहादुर बुढाथोकी र उप प्रमुख पुरुषोत्तम आचार्य दिनु भएको थियो । आँखा शिविरमा सल्यान बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउपालिक, शिद्धकुमाख गाउपलिका र सुर्खेतको सिम्ता गाउपालिकाका मानिसहरुले सेवा लिएका थिए ।

शिविर संचालनमा मेडिकल डाइरेक्टर डाक्टर मनिस खतिवडाले यो १६ औ शिविर भएको र सबै भन्दा राम्रो भएको बताउनु भएको छ । आफुले धेरै राम्रो भएको अन्य ठाउको भन्दा यो ठाउको जनप्रतिनिधि, कर्मचारी धेरै राम्रो सहयोगी मनको भएको यस्तो सक्षम नेतृत्व भएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य गर्ने समेत बताउनु भएको छ । विगतका दिनहरूमा पनि यसम पालिकाको लगानीमा ६० जनाको मोतियाबिन्दु अप्रेसन गर्न सुर्खेत पठाएको समेत इस्मरण गर्नु भएको थियो । यस क्षेत्रमाको लागि आखा अप्रेसन केन्द्र खोल्न सुझाव दिनु भएको छ । ८७ जनाको मोतिया विन्दु अप्रेसन ८ स्थानमा ७ सय भन्दा बढिको आँखा चेकजाँच भएको समेत बताउनु भएको छ । तीन दिनको अप्रेसन भएको रेडक्रस सोसाइटी र नगरपालिका आगामी वर्षहरूमा पनि निरन्तरता दिनु हुन अनुरोध गरिन्छ । आगामी दिनमा सहकार्य गरेर जाने समेत बताउनु भएको छ ।

नगर उप प्रमुख पुरुषोत्तम आचार्य ग्रामीण क्षेत्रमा आएर अप्रेसन गरिएकोमा डाक्टरहरुको टिमलाई धन्यवाद दिनु भएको छ । अब यसलाई निरन्तरता दिने समेत बताउनु भएको छ । उहाले भन्नू भयो हाम्रो नगरपालिकामा अब आँखा उपचार केन्द्र संचालन गर्ने समेत बताउनु भएको छ । यसको लागि केही प्रक्रिया अगाडि बढिसकेको र अब छिटै संचालनमा ल्याउने समेत बताउनु भएको छ ।

उप प्रमुख आचार्यले भन्नू भयो विगतमा सबै सल्लीबजारमा आएर आँखा चेकजाँच गर्नु हुन्थ्यो अहिले त्यसलाई परिमार्जन गरेर स्वास्थ्य चौकिहरुमा शिविर सन्चालन हुने बताउनु भएको छ । टाढा टाढाबाट आउने जाने समस्या हुने यातायातको समस्या हुने वृद्ध वृदाहरुलाई झनै समस्या हुने भएकोले आफुले चुनाबमा गरेको बाचा अनुसार गाउगाउमा गएर सेवा दिने बताउनु भएको छ । यसरी पहिलो पटक आँखा शिविर गाउगाउमा गएको समेत बताउनु भएको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वय एवम् सुर्खेत आँखा अस्पताल तेजकोहिल एण्ड फाउन्डेसन काठमाडौको आर्थिक तथा प्राविधिक सहयोगमा ९ गते देखि संचालन भएको शिविर आज समापन गर्दै डाक्टरहरुको टिमलाई सम्मानका साथ विदाई गरिएको छ । विदाई कार्यक्रममा नगर उप प्रमुख पुरुषोत्तम आचार्य अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखा सभापति पुस्कर विसिले गर्नु भएको थियो ।

Facebook Comments